You are viewing the translated version of अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था.

Section 33
अनुगमन तथा निरीक्षण सम्बन्धी व्यवस्था
(१) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार, बिक्री वितरण, नष्ट, विसर्जन वा प्रयोग गर्दा यो ऐन वा यस/ऐन अन्तर्गत बनेको नियम बमोजिम पालना गर्नु पर्ने शर्त वा मापदण्डको पालना भएं वा नभएको, सुरक्षित-तवरको व्यवस्था गरिएको वा नगरिएको सम्बन्धमा मन्त्रालयले आवश्यकता: अनुसार अनुगमन तथा निरीक्षण गर्न वा गराउन सक्नेछ।
(२) तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण सम्बन्धमा आफ्नो जिल्लाभित्र प्रमुख जिल्ला अधिकारीले अनुगमन तथा निरीक्षण गर्नु पर्नछ।
(३) उपदफा (१) वा (२) बमोजिम अनुगमन तथा निरीक्षण गर्ने अधिकारीले तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी, पैठारी, भण्डारण, ओसारपसार वा बिक्री वितरण सम्बन्धमा पालना गर्नु पर्ने शर्त पालना नगरेकोमा तत्काल त्यस्तो शर्त पालना गर्न लगाउनु पर्नेछ।
(४) उपदफा (१) वा (२) बमोजिम अनुगमन तथा निरीक्षण गर्दा कसैले यस ऐन बमोजिम कसूर हुने कार्य गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कारबाही गर्नको लागि अनुसन्धान गर्ने अधिकारीलाई जानकारी दिनु पर्नेछ।